Logo

खसोग्गीलाई दिएको यातनाबारे सुन्न नसकेको ट्रम्पको भनाई



काठमाडौँ,३ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई आइतबार उपलब्ध खसोग्गीको हत्यामा दिइएको चरम यातनाबारे श्रब्यसामग्रीबारे आफुले जानकारी लिएको तर आफुले उक्त सामग्री सुन्नै नसक्ने बताएका छन ।

यो कसैलाई यातना दिइएको टेप गरिएको श्रब्य सामग्री हो । यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठीन मानेको राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा बताएका थिए ।

श्रब्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयङ्करका भएको उहाँको कथन थियो । आफुलाई सुनाउन खोजिएपनि उक्त सामग्री पूरा सुन्न नसकेको उनले अन्तवार्तामा बताए।एजेन्सी



प्रतिक्रिया दिनुहोस्