काठमाडौं । अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूरको बिहेका लागि प्रशंसकलाई लामो समय प्रतिक्षा गर्नु पर्ने भएको छ । आफ्नो विवाहलाई लिएर अभिनेत्री भट्टले मिडियासँग कुराकानी गर्दै सटिक जवाफ दिएकी छिन् । आलियाले रणबीरसँग अर्को वर्ष बिहे गर्ने चर्चा छ ।
आलियाले भने विवाहको विषयमा जोडिएका सबै अडकललाई खारेज गरेकी छन् । उनले लक्स गोल्डन रोज अवार्ड्सको क्रममा भनिन्, ुयदी मानिसहरु मेरो विवाहको प्रतिक्षा गरिरहेका छन् भने यसका लागि अझै प्रतिक्षा गर्नु पर्नेछ । मलाई लाग्छ कि क्लाइमेक्स राम्रो हुनेछ ।ु
उनले जोधपुरमा हुन लागेको प्रियंका चोपडा र निक जोनसको विवाहलाई लिएर पनि आफ्नो प्रतिक्रिया दिइन् । उनी भन्छिन्, ुम प्रियंकाको विवाहलाई लिएर एकदम खुसी छु । म उनलाई विवाहको आउटफिटमा देख्नका लागि निकै उत्साहित छु । उनी एक सुन्दरी दुलही हुनेछिन् ।
आलिया र रणबीरको बीच अफेयरको चर्चा लामो समयदेखि चलिरहेको छ । दुई सोनम कपूर र आनन्द आहूजाको विवाहको रिसेप्शनमा एकअर्काको हात समात्दै देखिएका थिए । यो जोडी अचेल फिल्म ुब्रह्मास्त्रु को सुटिङमा व्यस्त छन् । यी दुई पहिलो पटक सँगै देखिन लागेका हुन् । एजेन्सी