Logo

नेपाल मेडीसिटी र नेपाल विज्ञापन संघबीच सम्झौता



ललितपुर, ४ मंसिर । नेपाल मेडिसिटी र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता भएको छ । नेपाल मेडीसिटी अस्पताल, भैसेपाटीमा सोमबार उक्त सम्झौता भएको हो ।

सम्झौता पत्रमा अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमाल र आनका तर्फबाट अध्यक्ष रबिन्द्र कुमार रिजालले हस्ताक्षर गर्नुभएको हो ।

नेपाल विज्ञापन संघका पदाधिकारीहरु तथा सदस्यहरुलाई अस्पतालको सेवा उपभोग गर्दा विशेष सहुलियत प्रदान गरिने भएको छ । त्यस्तै, आन संग मिलेर देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गरिने विषयमा समेत प्रारम्भिक छलफल भएको छ ।

स्वास्थ्य सचेतना वृद्धि गर्न विज्ञापन र यससंग सम्बन्धित व्यक्तिहरुको विशेष भूमिका रहने भएकाले सो क्षेत्रमा संलग्न व्यक्तिहरु स्वस्थ रहन आवश्यक रहेको महाप्रबन्धक रिमालले बताउनुभयो ।

त्यस्तै, आनका अध्यक्ष रिजालले स्वदेशमै सम्पूर्ण उपचार सम्भव भएकाले व्यस्त जीवनका बावजुद पनि सबैले अनिवार्य रुपमा स्वास्थ्य जाँज गर्न आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।
साथै, आनका वरिष्ठ उपाध्यक्ष सोम प्रसाद धितालले नेपालकै सुविधा सम्पन्न अस्पतालसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नभयो ।

स्वस्थ जीवनका लागि रोग लागेपछि मात्र हैन, सामान्य अवस्थामा पनि स्वास्थ्य जाँच गर्न आवश्यक रहेकाले यस किसिमका सम्झौताले नियमित जाँचका लागी सहयोग पुर्याउने अस्पतालको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्