काठमाडौँ,५ मङ्सिर । भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेको समाचारहरुमा जनार्ईएको छ । उनले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएको बताईएको छ ।
सम्बन्धित समाचार
जिम्बाबेमा बस दुर्घटनामा ४७ जनाको मृत्यु
केन्याली बस दुर्घटनामा ४२ जनाको मृत्यु
स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदी नदीको पुलबाट नदीमा खसेको थियो । कटाक प्रशासनले उद्धार कार्य जारी राखेको मन्त्री प्रधानले जानकारी गराए ।उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस घटनामा मारिएको व्यक्तिका परिवारजनलाई २ लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरिएको जानकारी गराए ।
यस दुर्घटनामा मारिएका व्यक्ति प्रति पटनायकले दुःख व्यक्त गरेका छन । साथै घाइते भएका व्यक्तिहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी गराए । बसमा करिब तीस जना यात्रु सवार रहेको जनाइएको छ । एजेन्सी