Logo

प्रेस काउन्सिलको जागरण अभियान



काठमाडौँ,५ मङ्सिर । प्रेस काउन्सिलले पत्रकार आचारसंहिता जागरण अभियान शुरु गरेको छ ।पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्दै पत्रकार आचारसंहिताप्रति जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले काउन्सिलले गुल्मी, अर्घाखाची, सर्लाही, पर्सालगायतका जिल्लामा जागरण अभियान शुरु गरेको हो ।

अभियानअन्तर्गत जिल्लाका पत्रकार र सरोकारवाला निकायबीच अन्तक्र्रिया, गोष्ठी, प्रेस अनुगमन, आचारसंहिताबारे पत्रकारको समस्या र आचारसंहिताको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिने काउन्सिलका निमित्त मुख्य अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । जागरण अभियान देशैभरि सञ्चालन गरिने छ ।

पछिल्लो समयमा काउन्सिलमा पत्रकार आचारसंहिता उल्लङ्घनका उजुरी बढ्दै गएको छ । पछिल्लो तीन महीनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७५ र ७६ को गत साउनदेखि असोज मसान्तसम्ममा विद्युतीय माध्यममा ३७ वटा र छापा माध्यममा १४ वटा गरी ५१ वटा उजुरी परेका हुन् । आव २०७४÷०७५ मा १६५ वटा उजुरी परेका थिए ।

सम्बन्धित समाचार

प्रेस काउन्सिल संघीय संरचनामा जाने

प्रेस काउन्सिललाई विवादमा नल्याउन डा. बिष्टको आग्रह

गलत समाचार प्रकाशन गरेको भन्दै रुसलान भोड्का उत्पादक विजय डिष्टीलरीद्धारा प्रेस काउन्सिलमा उजुरी, सम्पादकले गरे आफ्नै समाचारको खण्डन

नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ ।आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने, सत्यतथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्नुपर्नेलगायत १५ बुँदा उल्लेख गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्