Logo

देउवाबाट चित्त बुझ्दो काम भएनः काङ्ग्रेस नेता सिंह



काठमाडौँ,५ मङ्सिर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाएका छन । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको जिकीर गरे। अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उनको भनाई रहेको थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाएका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्