Logo

कांग्रेसको प्रश्न : ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’



काठमाडौं ७ मंसिर । कांग्रेसले वर्तमान सरकार गठन भएको ९ महिना पुग्दा ‘देशमा सरकार छ ? छ भने कहाँ छ ?’ भनेर प्रश्न गर्नुपर्ने स्थिती आएको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्त्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी सरकार गठन भएको ९ महिना पुग्दा पनि सरकार भएको महशुस हुन नसकेको बताए ।

सरकारको ९ महिनाको समीक्षा गर्दै मुख्य ९ प्रश्नमा सहि जवाफ पस्कन सरकार असफल भएको शर्माले उल्लेख गरे ।

वर्तमान सरकारको ९ महिना, ९ प्रश्न

(क) लोकतान्त्रिक संस्कृतिः लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन ∕

(ख) राष्ट्रवादः पुरानो दावी र पछिल्लो स्थितिको तुलना ∕

(ग) संघियताः कम्यूनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र रु

(घ) सुसासनः नमच्चीने पिङको सय झड्का ∕

(ङ) बजारमूल्यः कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज ∕

(च) शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या ∕

(छ) न्यायालयः साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण ∕

(ज) संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन वार्गेनिङ्ग चिप्स, प्रगति शुन्य ∕

(झ) समृद्धि यात्राः विना प्रतिस्पर्धा गेजुवालाई वुढी गण्डकी । निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द ∕



प्रतिक्रिया दिनुहोस्