काठमाडौं । निरन्तर शनिबारको नियमित रचना वाचनमा कवि मोतिराज बम गुन्जिएका छन् । डेढ दशक पहिलेदेखि अन्याय अत्याचार र निरंकुश तन्त्रका विरुद्धमा नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माको नेतृत्वमा शब्द र साहित्य मार्फत खबरदारी गर्ने काम सूरुवात भएको थियो । त्यसैको निरन्तरता स्वरुप निरन्तर शनिबारको नियमित रचना वाचन समुहले कवि एव्म नेता वमलाई प्रमुख अथितिको रुपमा अघि सारेको थियो ।
कवि मोतिराज बमले प्रजान्त्रीक आन्दोलनको समयदेखि दुईतिहाईको कम्युनिष्ट सत्तासम्म आईपुग्दासम्म नेपाली समाज र साहित्यले परिवर्तन हासिल गरेको बताए । उनले भने,‘हामीहरुको पहलमा यो अभियान सूरु भएको थियो, यस अभियानले राष्ट्र र जनता प्रति शासकलाई जवाफदेही बनाउन खबरदारी गर्ने काम गर्दै आएको छ, आगामी दिनमा पनि यसले आफ्नो लक्ष्य पछ्याउने छ, मैले यो अपेक्षा लिएको छु ।’
उनले अघि थपे,‘साहित्यले अहिँसात्मक आन्दोलन गर्दै आएको छ, शब्द भित्र निक्कै ठूलो शक्ति लुकेको छ, शब्दमा समाजिक, राजनीजिक, आर्थिक, जीवनका महत्वपूर्ण चेत लुकेको हुन्छ, नेपाली साहित्यले परिवर्तनमा ठूलो भ्रमिका खेलेको छ, कुनै प्रकारको निरंकुशता र अधिनायकत्वको बिरुद्धमा साहित्यकार उभिनुपर्छ, हामी यहि पंक्तिमा छौं, यस अभियानको मार्फत धेरै कविहरुले आफ्नो योगदान दिएका छन् ।’
नियमित रचना वाचनका संयोजक डिल्लीराम सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कवि बमले ‘मालिक’ र ‘भ्यालेन्टाईन डेको विपक्ष’मा शिर्षकमा कविता वाचन गरेका थिए । त्यस्तै कार्यक्रममा यात्री प्रकाश पाण्डे, पूर्णीमा प्रतिविम्ब, केबल कार्की, नारायण समिप, मीनराज बशन्त, सुदर्शन शर्मा, लगायतले आफ्ना रचनाहरु वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन कवि सोझो गाउँलेले गरेका थिए ।