Logo

सुरक्षा ‘थ्रेट’ कारण विप्लव आजको जनसभामा आएनन्



काठमाडौँ, ८ मंसिर । पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौँमा आयोजना गरेको जनसभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहभागी नहुने भएका छन् ।

विशेष सूत्रले दिएको जानकारी अनुसार सुरक्षा थ्रेटका कारण उनी आजको जनसभामा सहभागी नहुने निश्चित भएको छ । आजको जनसभामा महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर सुरक्षाको कारण देखाउँदै उनी सहभागी नहुने भएका पार्टीका एक नेताले जानकारी दिए ।

तर, उनले पठाएको लिखित शुभकामना सन्देश भने सभामा सुनाइनेछ । जनसभालाई पार्टी प्रवक्ता समेत रहेका स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्