Logo

परनिर्भरताका कारण महिलामाथि हिंसाः मन्त्री पुन



काठमाडौँ,९ मङ्सिर । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताइन । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने जानकारी गराईन। उनले भनिन, “महिला आर्थिक रूपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक हिंसाको चपेटामा परेका छन् ।

उनीहरुको आर्थिक सवलीकरणका लागि व्यावसायिक तालीम जरुरी छ ।” उनले तालीमका लागि तालीम नभई जीवनस्तरमा परिवर्तन ल्याउने खालको तालीम सञ्चालन गर्ने तयारी भइहेको जनाईन । स्वरोजगार मोबाइल एप्सबाट कस्तो तालीम आवश्यक भन्ने बारेमा सर्भे गरिरहेको उनले बताईन । उनले सामाजिक विकास मन्त्रालयमा रु चार करोड ३२ लाख स्वरोजगार कार्यक्रमका लागि बजेट रहेको पनि जानकारी गराइन । रासस



प्रतिक्रिया दिनुहोस्