Logo

एम्बुसमापरि २२ जना अफगानी प्रहरीको मृत्यु



काठमाडौँ,१० मङ्सिर । पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा कम्तीमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ ।

फराह प्रान्तमा आइतबार प्रहरी चढेको सवारीसाधनमा आक्रमण हुँदा कम्तीमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले बताए ।

तालिबानले दुवै आक्रमणको जिम्मेवारी लिएको छ । तालिबानले २५ जना प्रहरी मारिएको र चारजना घाइते भएको दाबी गरेको छ ।तालिबानका प्रवक्ता क्वारी युसुफ अहमादीले चारवटा सवारीसाधन ध्वस्त भएको र ठूलो परिमाणमा हातहतियार जफत गरिएको जनाए।

हालैका महिनाहरुमा तालिबानले सरकारी फौजमाथि आक्रमण तिब्र बनाएका छन् । तालिबानसँग शान्तिवार्ता गर्ने प्रयत्न भइरहे पनि आक्रमणका सिलसिला रोकिएका छैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्