काठमाडौं । बहुचर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा र लोकप्रिय गायिका सुनीतामी परियारको स्वरमा ‘पिउने पानीमा’ बोलको सन्देश मुलक लोक गीत बजारमा आएको छ ।
ई.दीपक मर्सिफूल परियारको शब्द संगीत रहेको यो गीत समाज रुपान्त्ररणको लागि निमार्ण गरिएको निमार्ण पक्षले जानकारी दिएको छ । ‘पिउने पानीमा’ गीत जातीयतामा आधारित छ । गीतमा समाजको बास्तबिकतालाई ऐना बनाएर देखाउने प्रयत्न गरिएको छ । गीतको प्रमुख उद्देश्य भनेको देशमा रहेको जात जातिबीचको असमानताको अन्त्य गर्नु हो ।
शक्द रचनाकार भन्छन्,‘ समाजलाई समान हसियतामा बाँच्ने आधार मानवियता हो, जातको आधारमा मानिसले मानिसलाई अछुत जस्तो घृणित काम गर्नु २१औं शताब्धिमा जायज मान्न सकिदैन । यो महान कार्यमा तपाईंहरुले मलाई पुर्ण रुपमा सहयोग गर्नु हुनेछ भन्ने अभिलाषा राखेको छु । समाज बदल्न पहिला आफुलाई बदल्नु पर्छ ।’
आमा बाबा काका सानिमा, मैले छुदा चल्दैन खै किन के विष छर पिउने पानीमा ? जस्ता शब्दहरुमा स्वरमा मिलाउँदै गायकले गीतमा गायक समाजको अपहेना परेको र विरक्त बनेका छन्, भने गायिकाले आमा बाबा काका सानिमा, विष घोलिन्न मान्छेले छुदैमा, मान्छेलेनै पिउने पानिमा’ जस्ता कर्णप्रिय शब्दहरुले चेतना जगाउने काम गर्छिन् ।