Logo

जनताप्रति उत्तरदायी भई कामगर्ने बानीको विकास गरौँः मन्त्री घिमिरे



काठमाडौँ,११ मङ्सिर । प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको सवैले स्विकार गर्नुपर्नेमा जोड गरेका छन ।

प्रदेश स्वास्थ्य मन्त्रालयले इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उहाँले नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच केही मतभिन्नता देखिए पनि क्रमशः त्यो हट्दै जाने विश्वास व्यक्त गरे ।

मन्त्री धिमिरेले देशमा स्वास्थ्य उपचारको भौतिक पूर्वाधार त हामीले तयार ग¥यौँ तर रोग लाग्न नदिने उपायका विषयमा गम्भीर हुन सकेनौँ भन्दै अब रोग लाग्न नदिने विषयमा स्वास्थ्य क्षेत्रमा लागेका सबैले सक्रियता देखाउनुपर्ने जनाए ।

उनले सङ्घीय, प्रादेशिक र स्थानीय तह सबैले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता औल्याए ।

आन्तरिक मामिला मन्त्रालयका सचिव गोपाल पराजुलीले मानव स्वास्थ्यका क्षेत्रमा देखिएको समस्या न्यूनीकरणमा सम्बन्धीत सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताए ।

मन्त्रालयका सचिव हरिप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो तीन दिने गोष्ठीमा मन्त्रालयका निर्देशक मोदराज डोटेलले प्रदेश नं १ को स्वास्थ्य अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए।

रासस



प्रतिक्रिया दिनुहोस्