Logo

नेपाल विकासका लागि अमेरिकी भुमिका महत्वपूर्ण : प्रचण्ड



काठमाडौँ,११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएका छन ।

आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी डब्ल्यु बेरीलाई अध्यक्ष दाहालले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए ।“जलविद्युत्, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिक कार्यसूची रहेको छ”, उनले भने ।

अध्यक्ष दाहालले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आएका राजदूत बेरीलाई भने, “तपाईको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझैं प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।” उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको पनि जनाए ।

उनीहरुबीच भएको द्विपक्षीय भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन एमसिसि मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताउँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको र त्यसमा सफलता मिल्ने विश्वास व्यक्त गरेका थिए। रासस



प्रतिक्रिया दिनुहोस्