Logo

स्वास्थ्य शिविर



विराटनगर, १२ मंसिर । नोवेल शिक्षण अस्पताल विराटनगरले मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बिरामी लाभान्वित भएका छन् ।

सुन्दरहरैँचा–१० वरपीपल चोकस्थित सुकुना बाल विकास केन्द्रमा मङ्गलबार सम्पन्न शिविरबाट ४८३ बिरामीको उपचार गरिएको थियो । शिविरमा ७१ बिरामीको भिडियो एक्सरे गरियो । शिविरमा हाडजोर्नी, आँखा र दमका बिरामी आएका अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । गम्भीर प्रकृतिका ३५ बिरामीलाई नोबेल अस्पतालमा ५० प्रतिशत छुटमा उपचार गरी पुनःगाउँमै पु¥याउने व्यवस्था मिलाइएको अस्पताल सञ्चालक डा सुनिल शर्माको जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्