Logo

मुख्यमन्त्री स्वच्छता अभियान



जनकपुरधाम, १३ मङ्सिर । प्रदेश नं.२ सरकारले जानकी मन्दिर परिसरको सौन्दर्यीकरण कार्यक्रमबाट विकास निर्माण कार्यको शुभारम्भ गरेको छ । मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरण योजनाको शिलान्यास गरी प्रदेशको विकास निर्माण शुभारम्भ गरिएको हो ।

सो योजनाअन्तर्गत रु सात करोड २१ लाखको लागतमा जानकी मन्दिर परिसरमा मार्वल, ढल, चरण गङ्गा निर्माण गरिने जनाइएको छ । फेरा आर जे कन्सट्रक्सन कम्पनीले सो निर्माण कार्य चालू आर्थिक वर्षमै पूरा गर्ने बताइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सो कार्यको शुभारम्भ गर्दै जानकी मन्दिर सौन्दर्य अभिवृद्धि कार्यले करोडौँ पर्यटक आकर्षित हुने र त्यसबाट आिर्थक समृद्धिको दिशामा नयाँ आयाम थपिने धारणा राख्नुभयो । उहाँले जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराई विश्वभरिका पर्यटकको गन्तव्य बनाउनु सबैको दायित्व भएको पनि बताउनुभयो ।

मुख्यमन्त्री राउतले जानकी मन्दिरमा प्रदेशकै पहिलो विकास निर्माण प्रारम्भ गरी विकासको गतिलाई तीव्रता दिने सङ्कल्पसमेत व्यक्त गर्नुभयो । जानकी मन्दिरका सहायक महन्त रोशन दासले सरकारबाट सधैँ उपेक्षित रहेको यस मन्दिरप्रति प्रदेश सरकारको ध्यान जानु सकारात्मक सन्देश हो भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्