Logo

शरणार्थीकी छोरी देखि जर्जियाको राष्ट्रपतिसम्म



काठमाडौँ,१३ मंसिर । जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएको खवर प्राप्त भएको छ । सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति बनेकि छन ।

करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा फ्रान्समा जन्मेकी पूर्व कुटनीतिज्ञ सालोमले करिब ६० प्रतिशत मत प्राप्त गरेकि थिईन । राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो । तर, विपक्षी दलहरुले मतदानमा धाँधली भएको जनाउँदै सडक प्रदर्शन गर्ने बताएका छन् ।

एघार विपक्षी दलको गठबन्धनबाट उम्मेदवार भएका ग्राइगोल भाशाजले ४० प्रतिशत मत प्राप्त गरेका थिए। हाल निर्वासनमा रहेका पूर्व राष्ट्रपति मिखाइल साकासभिलीको नेतृत्वमा ११ दलको गठबन्धन निर्माण गरिएको थियो ।

यो निर्वाचनलाई जर्जियाको लोकतान्त्रिक अभ्यास र जनताको अभिरुचि परीक्षणका रुपमा पनि हेरिएको छ । जर्जियाले युरोपेली युनियन र नेटोको सदस्यताका लागि पहल गरिरहेको छ ।

साथै सन् २०२० मा हुने संसदीय निर्वाचनलाई समेत यस पटकको राष्ट्रपतीय निर्वाचनले प्रभाव पार्नेछ । उक्त चुनावमा सत्तारुढ जर्जियन ड्रिम पार्टीले धेरैवटा विपक्षी दलहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जर्जियन ड्रिम पार्टीले जुराबिशभिलीलाई राष्ट्रपतिका लागि समर्थन गरेको छ ।

नवनिर्वाचित ६६ वर्षीया जुराबिशभिली रुसी रेड आर्मीले जर्जियालाई रुसमा विलय गरेपछि सन् १९२१ मा पेरिसतर्फ निर्वासित भएका एकजना जर्जियाली शरणार्थीकी छोरी हुन् । उनी जर्जियाको स्वतन्त्र सांसद पनी रहिसकेकि थिईन । पूर्व राष्ट्रपति साकाशभिलीले उनलाई विदेशमन्त्रीमा नियुक्त गरेका थिए ।

तर एक वर्ष नतिब्दै पार्टीभित्रको द्वन्द्वका कारण उनलाई विदेशमन्त्रीबाट हटाइएको थियो । उनको समर्थनमा हजारौंले राजधानी टिब्लीसीमा विरोध प्रदर्शन पनि गरेका थिए ।

गत अक्टोबर २८ मा भएको पहिलो चरणको चुनावमा जुराबिशीभिलीले ३९ प्रतिशत र अर्का उम्मेदवार भाशाजले ३८ प्रतिशत मत प्राप्त गरेका थिए ।जर्जियामा ३५ लाख मतदाता रहेका छन् । निर्वाचनमा करिब ५६ प्रतिशत मतदान भएको थियो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्