Logo

सुरक्षा परिसरभित्रै आक्रमण दश जनाको मृत्यु



काठमाडौँ,१३ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सुरक्षा परिसरभित्रै भएको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु हुनको साथै अन्य १९ जना घाइते भएका छन् ।

अल जजिरा टेलिभिजन च्यानलले बिहीबार जानकारी दिएअनुसार बेलयातकोे एक सुरक्षा समूह बृटिश सेक्युरिटी कन्ट्याक्टरमा सो आक्रमण भएको गृह मन्त्रालयका प्रवक्ता नजिब दनिसले बताएका छन ।

सरकारी अधिकारीहरुकाअनुसार यस आक्रमणमा आत्मघाती बम आक्रमणलगायत सुरक्षाबल र आतङ्ककारीबीच दोहोरो गोली हानाहान भएको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्