Logo

नेपाल, म्यान्मार व्यापारमा जोड-फोटोफिचर



काठमाडौं, १३ मंसिर । म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताएकी छन ।पूर्व प्रधानमन्त्री एवम् (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथी रहेको कार्यक्रममा सुकीले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताईन।

 

नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई सम्बोधन गर्न पुगेकी नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा व्यक्त गरिन ।

अर्को प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने जानकारी गराएकी थिईन।फोटोः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्