Logo

सामाजिक लोकतान्त्रिकीकरणको अभियानमा जोड



काठमाडौँ,१३ मंसिर । उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा सामाजिक लोकतान्त्रिकीकरणको अभियान सञ्चालन आवश्यक भएको धारणा राखेका छन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयको अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री यादवले समाजको संरचनागत र संस्कारगत स्वरूप परिवर्तनको अभियानमा सबैको ध्यानाकृष्ट हुनु जरूरी रहेको बताएका हुन ।

कार्यक्रममा महिलामन्त्री थममाया थापाले छोरी अर्कै घरमा जाने जात भनी विभेद गर्ने कुसंस्कारको अन्त्य हुनुपर्नेमा उनको जोड रहेको थियो। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ‘बेटी पढाओ, बेटी बचाओ’ अभियानमार्फत छोरीलाई सबल बनाउने अभियान सञ्चालन गरेको तथा तिनलाई आत्मनिर्भर र सक्षम बनाउन सरकारी सेवामा प्राथमिकतामा राखेको उनले जानकारी गराए। रासस



प्रतिक्रिया दिनुहोस्