Logo

सामानको पैसा तिर्नुपर्दा व्यापारीको हत्या



काठमाडौं १५ मंसिर । दाङका एक हार्डवयर व्यवसायीको हत्या भएको छ। घोराही-१३ बडहरामा धारिलो हतियार प्रहार गरी रोल्पाको माडी गाउँपालिका ६ कोर्चाबाङका ४६ वर्षीय नन्दबहादुर घर्ती मगरको बिहीबार बेलुका हत्या भएको हो।

घोराहीमा केही महिना अघिदेखि हार्डवयर व्यवसाय गर्दे आएका घर्तीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। पाण्डेले रोप्लाकै २८ वर्षीया अमर खत्रीले हत्या गरेको आशंकका नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए।

प्रमुख पाण्डेका अनुसार खत्रीले प्रहरीसामु हार्डवेयरबाट सामान लिएवापत घर्तीलाई २ लाख ५४ हजार रुपैयाँ दिर्नुपर्ने भएकाले आफूले नै हत्या गरेको स्वीकार गरेका छन्।अहिलेसम्म आर्थिक लेनदेनको कारण नै हत्या भएको देखिएको छ, एसपी पाण्डेले भने,’थप अनुसन्धानबाट आउला।’

को हुन् घर्ती

रोल्पा घर भई घोराहीमा हार्डवयर व्यवसाय सञ्चालन गर्दै आएका थिए। नेपाल मगर संघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका घर्ती मगर मगर समुदायमा बौद्धिक व्यक्तिका रुपमा चिनिन्छन्। लामो समय शिक्षण पेशामा रहेका घर्ती मगर समुदायको उत्थानका लागि लागेका थिए।

शिक्षण पेशासँगै रोल्पामा स्टेसनरी व्यवसाय गरेका घर्ती व्यवसाय विस्तारका लागि दाङ झरेका थिए। घर्तीको हत्याप्रति विभिन्न संघसंस्था तथा व्यक्तिले दु:ख व्यक्त गरेका छन्।  अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्