Logo

एक वडा एक हेलिप्याड



काठमाडौं १५ मंसिर । आपतकालिन खोज र उद्धारका लागि म्याग्दीमा एक वडा एक हेलिप्याड बनाइने भएको छ । अधिकांश बस्तीमा सडक सन्जाल नपुगेको र पुगे पनि बर्षाका बेला गाडी चल्न सक्ने अवस्था नभएकाले यस्तो योजना सुरु गरिएको हो ।

जिल्लाका सबै बस्ती बाढीपहिरोको उच्च जोखिममा छन् । विपत्मा खोज, उद्धार र राहत सामग्री पुर्‍याउन कम्तीमा एक वडा एक एमआई–१७ हेलिकप्टर ल्याण्ड गर्न मिल्ने हेलिप्याड बनाउने काम सुरु गरिएको छ ।

योजनाको सुरुवात रघुगंगा गाउँपालिका–५ को पाखापानीबाट गरिएको छ । हेलिप्याड भए रुख र भीरबाट लडेका वा अन्य विरामीलाई अस्पताल पुर्‍याउन सजिलो हुनेछ । -कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्