काठमाडौं, १५ मंसिर । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार राति प्राईम टाईम्स् टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता जोलीले यस्तो बताएका हुन् ।
नेता जोलीले पत्रकार ऋषि धमलाले नेपाल–भारत सम्बन्ध मजबुद बनाउन सशक्त भूमिका खेलेको भन्दै खुलेर प्रशंसा गरे । उनले भने,‘दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन तपाईले खेल्नुभएको भूमिकाको म खुलेर प्रशंसाा गर्न चाहन्छु ।’ उनले नेपाललाई क्रिस्चियनबाट मुक्त गराउनुपर्ने धारणा राखेका छन् ।