Logo

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई  



काठमाडौं, १५ मंसिर । राष्ट्रपति भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा पोल्याण्डतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ ।

राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्