Logo

सिपी गजुरेलको कटाक्ष–‘श्री ५ ओली सरकार’ लेखेर टाँग्न मात्रै बाँकी छ’



बुटवल, १५ मंसिर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुइतिहाइ बहुमत देशका लागि अभिषाप भएको दाबी गरेका छन् । ‘यो सब हुँदाहुदै पनि यो सरकार ढल्नेवाला छैन, दुभाग्र्य, संबिधानमै यस्तै ब्यबस्था छ,ओलीको तानाशाही शैली र प्रमुख प्रतिपक्षी रुजेको बिरालोजस्तो भो’ गजुरेलले भने ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश–५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले सरकार नया युगको कुरा गर्दै पोल पोलमा फोटो राख्ने गरिएको अव श्री ५ केपी ओली लेख्न मात्रै बँकी छ ।’

नेपाली काँग्रेसले पनि प्रतिपक्षको भुमिका देखाउन नसक्दा भिजेको विरालोजस्तै भएको उनको तर्क छ । उनले ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था रहेको कारण जनतामा निराशा छाएको बताए ।

‘९ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास’

९ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको भन्दै जसले बितृष्णा जगाउने काम गरेको बताए । उनले भने–वामपन्थी पनि होइन, प्रतिक्रियाबादीहरुको सरकार बन्यो ।’ सरकारले राष्टियताको उपहास गरेको भन्दै नक्सामा कालापानी गायब गर्नु राष्ट्रको नाममा गद्दार गरेको उनको आरोप छ ।

सरकारले कम्युनिष्टकै नाममा कम्युनिष्टकै उपहास गरेको भन्दै गजुरेलले आक्रोश पोखे । करको दायरा फराकिलो बनाउने बहानामा दुनियाँमा नै नभएको विभिन्न दरहरु बढाएकोमा उनको आपत्ती छ ।

देशका समस्याहरु समाधान गर्नुको सट्टा सरकारले सेवासुविधा बढाउन तर्फलागेको भन्दै उनले सरकार नै फेल भएकोे जिकिर गरे ।
निर्मला पन्तको बलात्कारपछिको हत्या काण्डमा सरकार पुर्ण रुपमा नै असफल भएको नेता गजुरेलको आरोप छ ।
अब विस्तारै यो घट्ना अन्तर्राष्ट्रियकरण हुन थालेको भन्दै यसमा देशको अवस्था के कस्तो छ ? भन्ने विषयमा जनताले बुझ्ने बेला आएको उनको तर्क छ ।

उनले सरकारले शिक्षामा माफियाकरण गरेको भन्दै डाक्टर गोविन्द केसीको माग पुरा गर्न नसक्नु आँफैमा लज्जाको विषय भएको पनि बताए । उनले भने –‘माफियाहरुकै कब्जामा देश रहेको छ, दलाल र नोकरसाही पुँजीपतीको कब्जामा देश गैसक्यो ।’

वाईडबडी खरिद प्रक्रियामा भएको भ्रष्टाचारले पञ्चायतमा पञ्चेहरुले गर्ने भ्रष्टाचारभन्दा पनि बढि भएको उनको दाबी छ । मन्त्रीहरुकै संलग्नतामा भएको भ्रष्टाचारलेले देश कंगालीकरणतर्फ अगाडी बढेको पनि गजुरेलले आरोप लगाए ।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले १८ करोडको गाडी किन्नु गरिब जनतालाई उपहास गर्नुबाहेक केही नभएको नेता गजुरेलको भनाई रहेको छ । अस्पतालमा विरामीहरुको बिजोग रहेको बेला जनताको सेवाभन्दा पनि सेवासुविधा वृद्धिमा लागेको भन्दै उनले हेलीप्याड सहितको राष्ट्रपति निवास बनाउन खोज्नु आँफैमा लज्जाको विषय भएको आरोप लागाए ।

‘अब बृहत्त जनआन्दोलनको जरुरी’

नेता गजुरेलले अब बृहत्त आन्दोलनको आँधिबेरीको आवश्यकत्ता बढ्दै गएको बताए । अहिलेको सरकारले गरेका विभिन्न अनैतिक कुरालाई दबाब दिनको लागि पनि आन्दोलनको आँधिवेरीको आवश्यकत्ता रहेको औंल्याए ।

उनले देशभक्त गणतान्त्रिक मुक्ति मोर्चा नै बनाएर लागिरहेको भन्दै अब संघर्षको आन्दोलनको तयारीमा आफूह जुटेको जनाए । स–सानो संघर्षबाट अगाडि बढ्दै आफूहरुले अब जनआन्दोलनको तयारी गरिरहेको उनको भनाई छ ।

गजुरेलले अहिलेको सरकार ५ बर्षसम्म टिक्न दिन नहुने र प्रधानमन्त्री ओलीको विकल्पमा पनि अर्कोै नेता नभएको जिकिर गरे । उनले अहिलेको शासन सत्तालाई नै परिर्वतन गर्न आवश्यक रहेको पनि औंल्याए ।

अबको विकल्प भनेको क्रान्ति भएको भन्दै उनले क्रान्तिकारी शक्तिनै अहिलेको विकल्प भएको बताए । उनले भने–स–साना कामबाट नै क्रान्तिको सुरुवात गरिएको भन्दै जसले सार्थकता छिट्टै पाउने छ ।’

जनआन्दोलन, जनसरकार र अर्को आन्दोलनको आवश्यकता रहेको भन्दै अब संघर्षलाई एउटा पाटो बनाएर संघर्षको उद्धघोष गरिएको नेता गजुरेलले प्रकाश पारे । प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवलीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्