Logo

प्रधानमन्त्री ओली बालुवाटार छोडेर सोल्टीमा बस्नु कति उचित थियो ?



काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली विदेशी पाहुनाहरुसँग भेटवार्ता गर्नकै लागि तीन दिनसम्म सोल्टी होटेलमा बसे । तर, उनको सोल्टी बसाईलाई लिएर धेरैले आलोचना गरे । हुन त एसिया प्यासिफिक समिटका लागि आएका विदेशी पाहुनालाई भेट्नका लागि प्रधानमन्त्री ओली तीन दिन बालुवाटार छोडेका हुन् ।

विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा विशिष्ट व्यक्तिहरुसँगको भेटघाटका लागि ओली होटल सोल्टीमा बसेका हुन । विवादित कार्यक्रमका लागि आएका पाहुनालाई सरकारी निवास वालुवाटार बोलाएर भेट्दा आलोचना हुने डरले प्रधानमन्त्रीलाई होटल सोल्टीमै राखेर भेटघाट गराएको पनि बुझिएको छ ।

तर, प्रधानमन्त्री ओलीको सचिवालयले त आउने–जाने समयको बचत गर्नका सोल्टीमा बसेको जनाएको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार ओली आज साँझ बालुवाटार फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस्