काठमाडौं, १७ मंसिर । नेपालमा आफुलाई धुरन्धर बिद्धान ठान्नेहरु र तीनलाई बिद्धानको निरन्तर पगरी पैनाई दिनेहरुले नेपालका कम्युनिष्ट भन्नेहरुलाई अझै राम्रोसंग बुझ्न् सकेका छैनन् । नेपालमा कम्युनिष्ट भन्नेहरुलाई राजनितिक जमिन २०४६ सालको आन्दोलन पश्चात प्राप्त भएको हो । २०४६ सालपछी कम्युनिष्ट झण्डा मुनि राष्ट्रवादी धारका मदन भन्डारी एक जना मात्र नेता जन्मिएका थिए ।
सायद नेता भन्डारीले नेपाल राष्ट्र र नेपाली जनताको सामाजिक अबस्था राम्रोसंग बुझेका थिए । बिपि कोईरालाले जस्तै मेल मिलापका नितिका आधारमा नेपालमा कस्तो राज्यसत्ता र शासन प्रणाली अप्नाउने भन्नेबारेमा उनले राम्रोसंग अध्यन गरेर बहुदलीय जनवादलाई राजनितिक कार्यदिशा अघि सारेका थिए ।
जब देशलाई राजसस्था सहितको प्रतिस्पर्धात्मक राजनितिक ब्यवस्थालाई भण्डारी पार्टी भित्र अनुमोदन गराए, त्यहीदेखि बिदेशी खुफिया एजेन्शिले तातकालिन एमालेकै केही नेताहरुलाई आफ्नो पकडमा राखेर भन्डारिलाई समाप्त पार्ने योजना बनाए । कुनै समयमा मदन भण्डारी सार्वजनिक सभामा बोलेको मलाई सम्झना छ । उहाँले भन्नू भएको थियो,‘नयाँ जनवादी ब्यवस्था हातहातमा पातपातमा नाच्दै आउनेवाला छैन ।’
जब भण्डारी हत्या गरियो त्यस लगतै केही बर्ष पछि माओवादिका नामबाट युद्धको सुरुवात गरियो । माओवादिले सुरुवात गरेको युद्धले जनताका बस्ती रगताम्य भएकै अबस्थामा दरवार हत्याकान्ड गराईयो । जव दरवार हत्याकाण्ड भयो त्यसपछी मात्र माओवादिले तात्कालिन शाही नेपाली सेनाको दाङ ब्यारेकमा हमाला गर्यो ।
हरेक राजनितिक घटनाक्रम संकास्पध र रहस्यमय हुँदा हुँदै दिल्लिमा १२ बुदे सम्झौता गरेर शान्तिको नाममा नेपाल प्रबेश गराईएका परिचालित तत्वहरुलाई एकाएक बहुमतमा ल्याउन बिदेशी खुफिया एजेन्शिले ठुलै धनराशी खर्च गर्दै बहुमत पनि ल्याए । उनीहरुको रहस्यमय चाहना के थियो, त्यो पूरा नहुने देखेपछी पहिलो संबिधानसभा बाबुराम कै बाहुलिबाट बिगठन गराउने काम गरे ।
दोस्रो संबिधानसभामा अर्कै नाटक मनचन गरियो र पहिलो संबिधानसभामा पहिलो पार्टि बनाएको माओवादिलाई तेस्रोमा झार्ने काम गरियो । जेन तेन लाजकाज दोस्रो संबिधानसभाले बिदेशिका दवाबविच आफ्नो सक्कली रुप छोप्नैका लागि मात्र भए पनि संबिधानको खोस्टो फाल्ने काम गरे । जब तीन तहको चुनावको कुरा आयो र अप्रत्याशित रुपमा एमाओवादी र एमाले चुनाबी तालमेलको कुरा मिल्यो, त्यही समयमा नेपालमा रहेका सबै क्रिष्टियन चर्चहरुले देश भरका क्रिष्टियनहरुलाई कम्युनिष्ट उम्मेदवारहरुलाई मतदान गर्न परिपत्र नै जारी गरे ।
यसबाट के बुझिन्छ भने नेपालका कथित कम्युनिष्ट भन्नेहरु नामुद विदेसीका गोटी हुन्। निक्कै विवादित भनिएको र ठूलो धनराशि खर्च गरेर गरिबको रेखामुनि रहेका मानिसहरुलाई खरिद गर्ने बिदेशीहरुको चाल बुझ्न सक्दैनन् । उल्टै स्वघोषित जिससकी छोरीको हातबाट सुशासनको अर्वाड थाप्छन् ।
निर्मला पन्तलाई न्याय चाहियो भन्नेहरुलाई हत्कडी लगाउछन्, निर्मला पोष्टरहरु च्यात्न तत्लीन हुनेलाई नै सुशासनको अवार्ड प्रदान गरिन्छ । यो भन्दा लाजमर्दो अर्को कुरा के हुन्छ ? नेपालका स्वाभिमानी ईमान्दार माक्र्सवाद प्रती बफादार कम्युनिष्ट भन्नेहरुले यो कुरा बुझ्न् नसक्नु बिडम्बना हो । अब त चेत्छन कि हेरौं ।
(लेखक पत्रकार एमव् राजनीतिक विश्लेषक हुन)