Logo

चिनीयाँ राष्ट्रपति पुगे पनामा



काठमाडौँ, १७ मंसिर । चीनका राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुगेका छन। मध्य अमेरिकी देश पनामा र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता चिनीयाँ राष्ट्रपतिको यो पहिलो भ्रमण हो । यी दुई देशबीच सन् २०१७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

राष्ट्रपति सी र उनकी श्रीमती पेङ लियुआनलाई पनामाका राष्ट्रपति हुँवा कार्लोस भरेला र उनकी श्रीमती लोरेना क्यासटिल्लो गार्सियाले पनामा विमानस्थलमा स्वागत गरेका थिए ।

चिनीयाँ पाहुनाको स्वागतमा स्थानीय समुदायको एक समूहले सांस्कृतिक नाचगान प्रस्तुत गर्नुका साथै सडकमा दुबै देशको राष्ट्रिय झण्डा फहराइएको थियो ।राष्ट्रपति सीले पनामामा भव्य स्वागत गरिएकामा पनामा सरकार र स्थानीय जनताप्रति कृतज्ञता प्रकट गर्दै प्रसन्नता व्यक्त गरेका छन ।

चिनीयाँ राष्ट्रपति सी अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रहरुको बैठक जी–२० मा सहभागी भएर पनामा पुगेका हुन। यस भ्रमणका क्रममा पनामाका उच्चस्तरीय नेताहरुबीच द्वीपक्षीय वार्तालगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अनुमान गरिएको छ ।

राष्ट्रपति सीले यसपटक चार ओटा देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ । यसअघि उनले अर्जेन्टिना र स्पेनको भ्रमण गरिसकेका छन भने पनामापछि उनी पोर्चुगल जाने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्