कौरव खत्री: गुल्मी १७ मंसिर । बागलुङको ढोरपाटन महोत्सवको दोश्रो दिनमा धार्मिक प्रवचन तथा भक्क्ति संगित विविध कार्यक्रमहरु सञ्चालन भएका छन् । प्रमुख अतिथि एवम् तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढाले महोत्सवमा बोल्दै जनताका छोराछोरीहरुलाई सहज रुपमा उच्चशिक्षा हासिल गराउनु राज्यको दायित्व भएको बताएका छन् ।
उनले निसिभूजि जनता क्याम्पसलाई आङगिक क्याम्पसका रुपमा विकास गर्नुपर्ने धारणा समेत राखे । बाग्लुङ्ग पश्चिम क्षेत्रकै एक मात्र निसिभूजि जनता क्याम्पस निजि श्रोतबाट क्याम्पस चलाउनु निकै चुनौतिपूर्ण भएकोले स्थानीय सरकारदेखि प्रदेश र केन्द्रीय सरकारले विशेष चासो दिनु पर्ने बताए ।
साथै अध्यक्ष बुढाले भने शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा चन्दा संकलन गरेर र कसैलाई हाल थापेर र गुहारेर शैक्षिक संस्था सञ्चालन गनु विडम्पनाको कुरा भएकोे बताए । साथै अध्यक्ष बुढाले स्थानीय सरकार सञ्चालन गर्न निकै चुनौतिपूर्ण रहेको बताउदै आफ्नै गाँउपालिका भरपर्दो आर्थिक श्रोतका आधार नहुदा पनि गाँउपालिका सञ्चालन गर्न निकै कठिन भएको बताए ।
साथै उनले क्याम्पसलाई प्रत्येक वडाबाट १-१ लाख समेत गरि गाँउपालिकाको तर्फबाट ५ लाख र प्रत्येक वडाबाट १-१ लाख गरि ६ लाख गरि तमानखोला गाँउपालिकाकाबाट कुल ११ लाख र आफ्नो व्यक्तिगत ११ हजार दिने घोषणा गरे । स्थानीय सरकार सञ्चालन गर्न निकै चुनौतिपूर्ण रहेको बताउदै आफ्नै गाँउपालिका भरपर्दो आर्थिक श्रोतका आधार नहुदा निकै कठिन नभएको बताए ।
नगद चन्दा,धान सुन लगायत गरी महोत्सवको दोश्रो दिनसम्म कुल ५७ लाख, १२ हजार, ९ सय,५० रुपैया बराबरको आर्थिक सहयोग जुटेको निसिभूजि जनता क्याम्पस ढोरपाटन नगरपालिका १ बर्तिबाङ्ग बाग्लुङ्ग ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवका मुल समारोह समितिका अध्यक्ष चन्द्र अर्यालले बताए ।
पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजी जनता क्याम्पसलाई स्र्माट क्याम्पसको सञ्चालानार्थको लागि शैक्षिक तथा धार्मिक महोत्वको आयोजना गरिएको हो । महोत्सव मंसिर २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख कृष्ण कान्त आर्चायले बताए ।तस्विर:कौरव खत्री