Logo

संस्थानप्रति जिम्मेवार बन्न कर्मचारीलाइ निर्देशनः मन्त्री यादव



काठमाडौँ,१७ मंसिर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिएका छन ।उक्त संस्थानको ४४औँ वार्षिकोत्सव शुभारम्भ गर्दै उनले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिएका छन।

“यो सरकारी संस्थान हो, अहिले बजार अत्यन्तै अव्यवस्थित भएको छ त्यसलाई व्यवस्थापन गरी नागरिकको सेवा गर्ने काम यो संस्थानको पनि भएकाले चाडबाडको समयमा मात्रै नभई सधै नियमित अनुगमन गर्नुस्”, मन्त्री यादवले बताए ।

यस संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एक बनाएर नयाँ ढङ्गले अघि बढाउने प्रक्रिया अघि बढिसकेको भन्दै उनले अहिले अनुदानको चामल दुर्गम जिल्लामा पु¥याउने र कारागारमा चामल बेच्नेबाहेक अन्य काम यसले नगरेको बताए ।

महाप्रबन्धक योगेन्द्र गौचनले संस्थानले व्यापार विविधिकरण गरी व्यासायिक हुन नसके निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कठिन हुने जनाए । निर्णय ढिला कार्यान्वयन हुँदा र कर्मचारीले काम गर्ने शैलीलाई समयानुकूल नबनाई परम्परागतरुपमै गर्नुपर्दा नेपालका संस्थानले आशाअनुरुप काम गर्न नसकेको पनि उनले चर्चा गरेका थिए।

सञ्चालक समिति सदस्य रत्नराज पाण्डेले सबैको सहकार्यले नै संस्थानको उन्नति र प्रगति हुने हुनेमा तर कर्मचारीमा सहकार्यको भावना भने पटक्कै नभएको जनाए ।कर्मचारी सङ्गठनका अध्यक्ष माधवप्रसाद यादवले दरबन्दीअनुरुप कर्मचारी नभएकाले पनि काम गर्न समस्या भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्