Logo

विकास खर्च शुन्य, मन्त्रीहरु मालामा मख्ख !



कैलाली, १८ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका लागि त्रिलोचन भट्टले केही दिन अगाडी जनताले लगाइदिएको मालाले ‘थचारिए’ को भन्दै आलोचना खेपिरहेका बेला अहिले त्यस्तै, अर्को फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ सुदुरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपड बोहोराको ।

अछामको मेल्लेख गाउँपालिकामा पुगेका मन्त्री बोहारालाई स्थानीयले लगाएको मालाले थिचारिएका छन् । तर, यसरी अटेसमटेर हुने गरी मालाले थिचारिदा पनि उनका सहयोगी र सुरक्षाकर्मीले फाल्न समेत सहयोग गरेका छैनन् मन्त्री बोहोरा भने माला पाउँदा मख्ख भएका छन् ।


सदुरपश्चिमको विकास बजेटमा एक पैसा खर्च गर्न नसकेको र मन्त्रीहरु मालामा ब्यस्त हुने थालेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सुदुरपश्चिमका एक जना सांसदले बताए । ‘बजेट खर्च एक रुपैया पनि भएको छैन् ।’ उनले भने,‘मुख्यमन्त्री र मन्त्रीहरु माला लगाउनैमा ब्यस्त छन् ।’

बोहोराले पहिरिएको मुलमालाको फोटो हाल्दै अछामका टेक रावलले फेसुबकमा ‘विकटताको बिम्बले भरिएको पन्ध्रबीस १५ र २० क्षेत्रमा माला र खादाले मुहारै नदेखिने गरि भब्य स्वागत गरेको देख्दा खुशी लाग्यो ।

आगामी दिनमा सुगमताले भरिएको क्षेत्र बनेको देख्न पाइयोस् । माला र खादाको मुल्यांकन तब सार्थक हुनेछ जब मेल्लेख गाउँपालिका आर्थिक, सामाजिक, शैक्षिक, रोजगारी र विकास निर्माणका हिसाबले अग्रगति लिनेछ !’ लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्