काठमाडौं १८ मंसिर । विवादास्पद कार्यक्रमबाट पाएको पुरस्कारबाट प्रधानमन्त्रीले विषेश कोष बनाउने भएका छन् । सरकारले प्रधानमन्त्री केपी ओलीलाई प्राप्त एक लाख अमेरिकी डलर राशिको पुरस्कारमा त्यति नै रकम थपेर कोष खडा गर्न लागेको हो ।
त्यो कोषबाट युवा तथा बालबालिकाको हितका लागि काम गगरिने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । ‘कोषमा प्रधानमन्त्रीले पाएको एक लाख डलर पुरस्कार रकम राखिनेछ । इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा एसिया प्यासिफिक समिटको समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ दिएको थियो ।