काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले छलफल सुरु भएको छ । एशिया प्यासिफिक समिट–२०१८ पछि पहिलोपटक दुई अध्यक्षबीच आज भेटवार्ता भएको हो ।
प्रदेश कमिटीलाई पूर्णता दिने क्रममा स्थायी कमिटीलाई छल्न खोजिएको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेको बेला दुई अध्यक्षबीच आज भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको भेटवार्तामा समग्र राजनीतिक स्थितिबारेपनि छलफल हुने बुझिएको छ ।