Logo

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीद्वारा वाट्फोर्ड पराजित



काठमाडौं, १९ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शानदार लय जारी छ । गएराति भएको खेलमा वाट्फोर्डलाई हराउँदै सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलमाथि ५ अंकको अग्रता बनाएको छ ।

वाट्फोर्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन लेराए साने र रियाद माहारेजले १–१ गोल गरे । घरेलु टोली वाट्फोर्डका डोकोरेले एक गोल फर्काए । जितसँगै म्यान सिटीले १५ खेलबाट ४१ अंक जोडेको छ ।

एक खेल कम खेलेको लिभरपुल ३६ अंकसहित दोस्रो स्थानमा छ । लिभरपूलले आजराति बर्न्लेसँग खेल्नेछ । प्रिमियर लिग फुटबलमा गएराति बर्नमाउथ, वेष्ट ह्याम युनाईटेड र ब्राईटन पनि विजयी भए ।

आफ्नै मैदानमा भएको खेलमा बर्नमाउथले हडर्सफिल्ड टाउनलाई २–१ ले हराउँदा ब्राईटनले क्रिष्टल प्यालेसमाथि तथा वेष्ट ह्याम युनाईटेडले कार्डिफ सिटीमाथि समान ३–१ को जित निकाले ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot