Logo

देशमा दण्डहिनता बढ्यो, सुशासन शून्य



काठमाडौँ,२१ मंसिर । प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका नेत्री डिला सङ्ग्रौलाले मुलुकमा सुशासन कायम नहँुदा दण्डहिनता बढेको जनाएकी छन ।

बुटवलमा आयोजित एक कार्यक्रममा उनले सरकारले जनतालाई विकास र समृद्धिसँग जोड्न नसकेको टिप्पणी गरेको जनाइएको छ । सरकारले अपराधीलाई संरक्षण नदिइ कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै उनले कानून कार्यान्वयन भए मुलुकमा अपराध न्यूनीकरण हुने विचार व्यक्त गरेको जनाईन।
सङ्ग्रौलाले मुलुकमा भइरहेको हिंसा, हत्या र बलात्कारविरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट आवाज उठाउने जानकारी गराईन । रासस



प्रतिक्रिया दिनुहोस्