Logo

बैज्ञानिक भन्छन्ः नेपाल र भारतमा ठूलो भूकम्पको खतरा छ



काठमाडौं २३ मंसिर । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै बैज्ञानिकहरुले सूरक्षित र बलियो वासस्थान निर्माणको आब्हान गरेका छन् । भारतीय बैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिर रहेको दावी गरेका छन् ।

जवाहरलाल नेहरु सेन्टर फर एडभान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धाले यस्तो निष्कर्ष निकालेको हो ।

तीन बर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठूलो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्यूटसम्मको भूकम्प जान सक्छ’, अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाल क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको संभावना छ ।’ -राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्