काठमाडौँ, २३ मंसिर । पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरिरहेका बेल्जियमका युवाहरुले आफ्नो प्रर्दशन जारी राखेका छन । फ्रान्सेली राष्ट्रपति इमानुयअल म्याक्रोले इन्धनको मूल्यमा भारी वृद्धि गरेकोले त्यसको विरोध स्वरुप उनीहरुले यस्तो प्रदर्शन गरिरहेका छन ।
उनीहरुले प्रदर्शन गरेको क्षेत्रमा युरोपेली संसद्, युरोपेली केही कार्यालयहरु रहेकोले सतर्कता अपनाउन भन्दै प्रहरीले सो क्षेत्रलाई प्रदर्शन निषेधीत क्षेत्र घोषणा गरेको थियो । प्रहरीले बेल्जियमका युवाहरुले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शनस्थलमा ठूलो सङ्ख्यामा प्रहरी खटाएको जनाएको छ ।
प्रदर्शनकारीहरुले सवारी सञ्चालनमाथि रोक लगाई रहेका छन । उनीहरुले राजमार्गमा नै प्रदर्शन गरेका छन भने सर्वसाधारण मानिसलाई बाटो हिड्न पनि दिई हरेका छैनन । प्रहरीले सो क्षेत्रमा कडा सुरक्षा अपनाएर करीब ७० जनालाई पक्राउ गरिसकेको बताएको छ ।
यो पहेँलो टिसर्टधारीहरुको प्रदर्शन फ्रान्सबाट शुरु भएको हो । गत महीना भएको इन्धनको मूल्य वृद्धि गर्ने निर्णयका विरुद्धमा फ्रान्समा प्रदर्शन भएको थियो । त्यसको समर्थनमा शनिबार बेल्जियममा पनि प्रदर्शन चलिरहेको जनाइएको छ । प्रर्दशनकारीको भिडलाई नियन्त्रणमा लिनकोलागि प्रहरीले रवरको गाली, पानीको फोहरा र अश्रुग्यासको प्रयोग गरेको थियो । प्रर्दशनकारीले रोकि राखेका कारहरुमा आगजनी गरेपछि स्थिती तनावग्रस्त बनेको थियो । एजेन्सी