Logo

चाक्सीबारीमा पौडेल समूहको छुट्टै भेला



काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छुट्टाछट्टै भेला भएको छ ।

विधान सर्वसम्मतीले पारित गर्ने दाबी गरिएपनि दुवै समूह आ–आफ्नो समूहको भेलामा यतिवेला व्यस्त छ । पौडेल पक्षको बैठक नेता प्रकाशमानसिंहको चाक्सीबारीस्थित निवासमा सुरु भैसकेको छ ।

पौडेल समुहको बैठक भनिएपनि उक्त बैठकमा कृष्ण सिटौला समुहका सदस्यहरु पनि सहभागि भएका छन् । चाक्सिबारी बैठकमा नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला लगायत कृष्ण सिटौला र युवा नेताहरु सहभागि छन् ।आइतबार दुवै पक्ष छुट्टाछुट्टै बैठक बसेर विधान, आर्थिक प्रतिवेदन र राजनीतिक प्रतिवेदनबारे धारणा बनाउने र एक पक्षले अर्को पक्षलाई गलाउने रणनीति बनाउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्