Logo

राजदुत शेर्पामाथि छानबिन गर्न समिति गठन, शेर्पा काठमाडौंमा



काठमाडौं, २३ मंसिर । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले छानबिन समिति गठन गरेको छ । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले राजदुत शेर्पामाथि छानबिन गर्न मन्त्रालयको आन्तरिक समिति बनिसकेको जानकारी दिए ।

घटनाबारे छानबिन गर्न राजदूत शेर्पालाई काठमाडौं बोलाएको थियो । शेर्पामाथि उनका पूर्वचालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि विवाद सुरू भएको हो। मन्त्रालयले आरोपमाथि सत्यतथ्य बुझ्न मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएको हो।



प्रतिक्रिया दिनुहोस्