Logo

राष्ट्रपतिज्यूसमक्ष चिनियाँ राजदूतको बिदाई भेट



काठमाडौं, २३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु होङले विदाई भेट गरेकी छिन् ।

सो अवसरमा जनवादी गणतन्त्र चीन र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु तथा जनवादी गणतन्त्र चीनको काठमाडौस्थित राजदूतावासका अधिकारीहरुको समेत उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्