Logo

‘वन’सम्बन्धी वार्ताका लागि दुई कोरीयाको भेट



काठमाडौँ,२४ मंसिर । दक्षिण कोरियाका दश जना सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार उत्तर कोरियातर्फ प्रस्थान गरेको छ ।

त्यस प्रतिनिधिमण्डलमा केही वन विज्ञासँग सम्बन्धित अधिकारीहरुको पनि सहभागिता रहेको छ । दुई देशबीच हुन लागेको वनसम्बन्धी वार्ताका लागि सो प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको हो ।

उत्तर कोरियाको राजधानी प्योङयाङमा वनसम्बन्धी वार्ता मङ्गलबारदेखि शुरु हुन लागेको हो । सो वार्ताका लागि उत्तर कोरिया लागेको सो प्रतिनिधिमण्डल बेइजिङ हुँदै प्योङयाङ पुग्नेछ । उनीहरु उत्तर कोरियामा तीन दिन रहनेछन् ।

ती अधिकारीहरुले उत्तर कोरियाका केही जङ्गल र नर्सरीको भ्रमण गरी त्यहाँ वन तथा वातावरणलाई हानि हुने गरी प्रयोग भएका विषादीको पनि अध्ययन गर्नेछन् ।

त्यस भ्रमणका अवसरमा यी दुई देशका अधिकारीहरुबीच वनसम्बन्धी सहयोग र समझदारीका विभिन्न विषियहरुमा पनि द्विपक्षीय वार्ता हुने बताइएको छ ।

यस भ्रमणको अर्को उद्देश्य भनेको दुई कोरियाबीच आगामी दिनमा हुन लागेको भनिएको वार्तालाई अझ प्रभावकारी र सहज बनाउनका लागि सघाउनु पनि रहेको बताइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot