Logo

फोरम नेता रिजालले मागे पार्टी प्रवक्ताको जिम्मेवारी



काठमाडौं, २४ मंसिर । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रामप्रसाद रिजालले पार्टीको प्रथम राष्ट्रिय एकता महाधिवेशनमा खस आर्यलाई जातीय जनसंख्याको आधारमा ३१ प्रतिशत आरक्षण दिनुपर्ने माग गरेका छन् ।

हालै काठमाडौंमा सम्पन्न पार्टीको केन्द्रिय कार्य समिति बैठकमा आफ्नो धारणा राख्दै नेता रिजालले यस्तो माग गरेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । बैठकमा आफूले खस, आर्यलाई पनि फोरममा कांग्रेस र नेकपामाजस्तो प्रवेश गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग राखेको उनले सुनाए ।

त्यस्तै, उनले पार्टीको प्रवक्ताको जिम्मेवारी आफूलाई दिए आगामी चुनावमा पार्टीलाई कांग्रेस र कम्युनिष्टको जस्तै संख्यात्मक हैसियतमा ल्याउन सकिनेपनि विश्वास दिलाएका थिए ।

उनले तराई/मधेशलाई अलग गराउनुपर्ने भनेर राष्ट्रिय विखण्डनकारी गतिविधि गरिरहेको सीके राउत समूहको विरुद्धमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पनि सार्वजनिक रुपमा विरोध जनाउनुपर्ने धारणा राखेका थिए । उनले भने,‘मैले बैठकमा यसबारेमा अध्यक्षज्यूको ध्यानाकार्षण गराएको थिएँ ।’

त्यस्तै उनले संविधान संशोधन ढिलो चाँडो हुने बताउँदै तत्काल पार्टीले सरकार छोड्न नहुने सुझाव पार्टी नेतृत्वलाई आफूले दिएको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्