Logo

इङ्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा



काठमाडौं, २५ मंसिर। इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वाटफोर्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ईन्जुरी समयको अन्तिम मिनेटमा एभर्टनका लुकास डिग्नेले फ्रि– किकमार्फत गोल गर्दै एभर्टनलाई बराबरी गराए ।

आफ्नै मैदानमा भएको खेलमा एभर्टनले ब्राजिलियन खेलाडी रिचार्लिसनको गोलमार्फत अग्रता लियो ।दोस्रो हाफमा एभर्टनकै सिमस कोलम्यानले आत्माघाती गोल गरेपछि वाटफोर्ड खेलमा फर्कियो ।

त्यसको २ मिनेटपछि डोकोउरेले एक गोल थप्दै वाट्फोर्डलाई अग्रता दिए । पराजयको संघारमा पुगेको एभर्टनलाई डिग्नेले ईन्जुरी समयमा उद्धार गरेका हुन् ।

बराबरीपछि एभर्टन २४ अंक जोड्दै प्रिमियर लिग अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । २१ अंक जोडेको वाटफार्ड १२ औ स्थानमा छ । लिगमा ४२ अंक सहित लिभरपुल शीर्ष स्थानमा रहँदा ४१ अंक जोडेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot