Logo

रावलतोली गुफा शिवकुटीमा साधुको तपश्या



हरिश चन्द-डडेल्धुरा २५ मंसिर । द्धापर युगको ईतिहांस बोकेको धार्मिक स्थल रावलतोली गुफा शिवकटीमा राष्ट्र कल्याण तथा बिश्व शान्तिका लागी साधुले तपश्या शुरु गरेका छन । डडेल्धुराको अमरगढी ७ पोखरामा रहेको शिवकुटीमा बाल ब्रह्मचारी कन्हैया बाबाले घोर तपश्या थालेका हुन । रावलतोली शिव कुटीमा रहेको जप गर्ने स्थल गुफामा बसि कन्हैया बाबाले तपश्या शुरु गरेका हुन ।

बाल ब्रह्मचारी रहेका बाबा अहिले ३३ बर्षका छन । शिवकुटी क्षेत्रमा २५ भन्दा बढी माहात्माका शव गाडिएका समाधी छन । शैलेश्वर महादेव, उग्रतारा भगवती मन्दिरकै धार्मिक शक्तिपिठको रुपमा रहेको विशकुटी लगायतका क्षेत्रमा देशवासन भएका सन्त माहात्मा तथता अरुहरुको पनि आत्माको शान्ति संगै ज्ञान आर्जन, राष्ट्र कल्याण र बिश्व शान्तिका लागी बाबा जप गरी तपश्यामा बसेको रावलतोली शिव कुटी गुफा क्षेत्र विकास समती अध्यक्ष शुरेन्द्र साँकीले बताए ।

यस अघि शिवकुटीमा बसी पुजा आराधाना गर्दै आएका माहात्मा श्रवण गिरीको देहंवासन पछि कुटीमा कन्हैया बाबा सहित अन्य महाहात्मा भगत, ब्राहमण, समितीका पदाधीकारी स्थानिय बसी निरन्तर पुजा आराधनामा रहेका छन । रावलतोली शिवकुटीमा अहिले अखण्ड रामायण धाराप्रवाह समेत गरी बाचन भईरहेको अध्यक्ष साँकीले बताए । पाँच दिन सम्म अखण्ड रामायण लगाईएको उनको भनाइ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot