Logo

सरकारलाई दिएको समर्थनको बारेमा गम्भीर छलफल हुनेः संयोजक महतो



काठमाडौँ,२५ मंसिर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने बताएका छन ।सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट गरेका छन । ‘‘सरकारलाई दिएको समर्थनको बारेमा अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुनेछ’’ उनले बताए ।

संयोजक महतोले सरकार गठन भएको एकवर्ष पुग्न लाग्दा पनि आफूहरुको मागप्रति सरकार उदासिन देखिएको भन्दै रेशम चौधरीलगायत मधेश आन्दोलनमा पक्राउ परेका बन्दीको रिहाइ गर्न आग्रह गरे। उनले सङ्घीय समाजवादी फोरम र राजपाबीच एकताको सम्भावना नरहेको प्रष्ट पारेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्