काठमाडौं, २६ मंसिर । नेपाली समाजका आफ्नै रिति छन् । संस्कार छन् । संस्कृतिक छन् । परम्परा र मूल्य मान्यता छन् । मंसिर महिना नेपाली हिन्दुहरुको महत्वपूर्ण महिना हो । आज विवाहपञ्चमी पनि हो ।
यस महिनामा धेरै वर्षदेखि भूमिगत रुपमा प्रेम गरिरहेका प्रेम जोडीहरु सामाजिक बन्ने मौसमको महिना हो । गाउँ होस् या सहर मंसिर महिनामा अधिकाशं विवाह भोजका कार्यक्रमहरु देख्न पाईन्छ ।
साथै नेपाली कलाकारहरु पनि यस्ता ऐतिहासिक पक्षलाई मध्यनजर गरेर समय अनुसारका, परिस्थिति अनुसारका, मौसम अनुसारका गीतहरु बजारमा पठाउने गर्दछन् भन्दा फरक पर्दैन ।
यसै क्रममा लोकप्रिय गायक रामजी खाँड, घनश्याम रिजाल र सुनिला हमालको स्वरमा पञ्चेवाजाको गीत सार्वजनिक गरिएको छ । गायक रामजी खाँडको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको ‘जाला जोवन मायाको झ्यालैमा बसेर’ गीतमा गायक रिजालका शब्द तथा रामजीको लय रहेको छ ।
मौसम हिमालीको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा रामजी खाँड, सुनिता हमाल, सफल सापकोटाको अभियन रहेको छ । अजय रेग्मीले गीत दृश्यहरु क्यामेरा कैद गरेका हुन भने प्रविण भट्टले भिडियो सम्पादन गरेका हुन ।