Logo

डडेल्धुरा: कुमारी बैंकद्धारा शैक्षिक सामग्री हस्तान्तरण



हरिश चन्दः डडेल्धुरा २५ मंसिर । संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कुमारी बैंक डडेल्धुराले बिद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । अमरगढी नगरपालिका २ मौरडामा रहेको बैजनाथ माविमा अध्ययनरत बिद्यार्थीहको शैक्षिक गुणस्तरका लागि एलइडी ४२ इन्च टेलिभिजन र कम्प्युटर वितरण गरेको बैंकले जनाएको छ ।

पछिल्लो केही समय यता प्रबिधिको विकाससंगै शुरुआती कक्षामा बालबालिकालाई भिडियो मार्फत पठन पाठन र सिकाइका लागि एक थान एलइडी टेलिभिजन र दुई थान कम्प्युटर बिद्यालयलाई प्रदान गरेको बैंक प्रबन्धक चन्द्रप्रकाश चटौतले बताए । बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत काय क्षेत्रमा थुप्रै क्रियाकलाप गर्दै आएको बताए ।

कार्य क्षत्रमा वार्षिक रुपमा ३ देखि ४ प्रतिशतसम्म रकम सामाजिक सेवा उत्तरदायित्व अन्तरगत खर्च गर्नुपर्ने भएकाले समाजमा आवश्यकता अनुसारका काम गरिने प्रबन्धक चटौतको भनाई छ ।

शैक्षिक गुणस्तर विकासका लागि विद्यालयलाई प्रविधि मैत्री बनाउने लक्ष्य राखेको विद्यालयका प्रधानाध्यापक मोहन सिंह धामीले बताए । कुमारी बैंकले प्रदान गरेको एलइडी टिभी बाल विकास कक्षामा जडान गरी भिडियो मार्फत बालवालिकालाई पठन पाठन गर्ने उनले बताए ।

कुमारी बैंकले सामाजिक उत्तर दायित्व अन्तरगत आगामी दिनहरुमा यस्ता कार्य क्रमश गर्दै जाने जानकारि दिए । डडेल्धुरा जिल्लामा २०७२ पस महिनामा खोलिएको कुमारि बैंकले आफ्ना ग्राहकको मन जित्न सफल रहेको समेत प्रवन्धक चटौतको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्