Logo

मधेश भवनमा राजपाका नेता र आदित्यनाथबीच भेटवार्ता



काठमाडौैं, २६ मंसिर । राम-जानकी विवाह महोत्सवमा जन्तीका रुपमा नेपाल आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राजपाका शिर्षनेताहरुबीच भेटवार्ता सम्पन्न भएको छ ।

भारतबाट विवाह महोत्वसमा भाग लिन आउने जन्तीको नेतृत्व गर्दै योगी आदित्यनाथ जनकपुर आइपुगेका हुन । जानकी मन्दीरको पुजापाठपछि उनी जनकपुरको मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा पुगेका छन् । त्यहाँ उनलाई मैथिली परम्परा अनुसार स्वागत सत्कार गर्नुकोसाथै राजपासँगै विभिन्न राजनीतिक दलहरुका नेताहरुसँग भेटघाट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्