Logo

भारतीय राष्ट्रपति म्यान्मारमा



काठमाडौँ,२६ मंसिर । म्यान्मारका राष्ट्रपति यू विन मिन्तले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको म्यान्मार भ्रमणले यी दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगेको बताएका छन

हाल म्यान्मार भ्रमणमा रहेका भारतका राष्ट्रपति कोविन्दको सम्मानमा दिएको रात्रिभोजमा म्यान्मारका राष्ट्रपति मिन्तले भारतका तर्फबाट भएको यो पछिल्लो भ्रमण दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण सावित भएको धारणा राखेको बताईएको छ ।

रात्रिभोजमा बोल्दै म्यान्मारका राष्ट्रपति मिन्तले भने भारतले म्यान्मारसँगको सम्बन्धका लागि दिएको महत्वको हामी उच्च प्रसंशा गर्दछौँ ।म्यान्मार भारतको एक असल छिमेकी देश भएको भन्दै म्यान्मारका राष्ट्रपति मिन्तले यी दुई देशको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको बताएका थिए । आगामी दिनमा एसियाली क्षेत्रको शान्ति, समृद्धि र स्थायित्वका लागि म्यान्मारले भारतसँग सम्बन्ध गाँसेर काम गर्न चाहेको उनले धारणा राखेका थिए।

भारतीय राष्ट्रपति कोविन्दले शान्तिप्रक्रिया, राष्ट्रिय सहमतिको निर्माणका साथै आर्थिक सुधारका क्षेत्रमा म्यान्मारले पछिल्ला समयमा प्रगति गरिरहेकोमा म्यान्मारको प्रशंसा गरे ।

उनले समग्र भारतीय जनता म्यान्मारको शान्ति, समृद्धि र स्थायित्वका पक्षमा उभिएको बताए । एक असल छिमेकका रुपमा भारतले म्यान्मारको सम्बन्धलाई सदैव महत्वका साथ हेरिरहेको धारणा पनि भारतीय राष्ट्रपति कोविन्दले राखेका थिए।

भारतीय राष्ट्रपति कोविन्द हाल म्यान्मारको पाँच दिने औपचारिक भ्रमणका क्रममा रहेका छन ।उनि आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । गएको करिब एक दशकपछि भारतीय उच्च नेताका रुपमा उनको यो नै पहिलो भ्रमण हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot