काठमाडौं, २७ मंसिर ।
गजल
टिप्न सकिन फूल फुलेको रहेछ भिरमा ।
म त्यसै पिरमा तिमी पनि त्यसै पिरमा ।
थाहा छैन तिम्रो मन खुसी छ या दुःखी
तर सँधै देख्छु मुस्कुराएको तस्वीरमा ।
मन पराएको थिएँ, बानी व्यबहार हेरी
आँखा लाएको हैन मैले तिम्रो शरीरमा ।
चाहन्थें म तिम्रो साथ जुनी–जुनीसम्म
अर्कैले पो सिन्दुर हालेछ त्यो शिरमा ।
मैले भन्न सकिन तिमीले पनि बुझिनौ
एक्लै छोडी पराईकी भयौ आखिरमा ।
दिपेनजी हमाल (दीपित)
वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश, नेपाल
हाल दक्षिण कोरिया